Media Network

पछिल्लो २४ घण्टामा २३६ मा कोरोना सङ्क्रमण, एकको मृत्यु


खबरस्टोरी संवाददाता

२५ मंसिर २०७८,शनिबार

काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

यस अवधिमा ९ हजार १७८ को पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ९०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७७० पुगेको छ । पछिल्लो समय थप ३०७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ८ लाख ६ हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय २ लाख ६६ हजार ९८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८८३ छ । हाल होम आइसोलेशनमा ५ हजार ६०६, संस्थागत आइसोलेशनमा २७७, सघन उपचार कक्षमा ११२ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद