पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता
१७ मंसिर २०७८, शुक्रबार
पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् । 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ।