Media Network

पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् । 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ।  

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद