पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप  ४४ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५९४ जनामा कोरोना परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि हुनुको साथै ४ सय ८१ जना कोरोना मुक्त भएका छन् । 

सो अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल नेपालमा २ हजार ६८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।