पछिल्लो २४ घण्टामा देशभर थपिए ७८ जना कोरोना संक्रमित


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
पछिल्लो २४ घण्टामा देशभर थपिए ७८ जना कोरोना संक्रमित
 काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

कूल ३ हजार ५१५ जनाको स्वास्थ्य परिक्षण गर्दा ७८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो । 

बितेको चौबिस घण्टामा २ हजार १३१ जनाको एन्टिजेन र १ हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको थियो  । 

हाल देशभर कोरोना भाइरस संक्रमितको संख्या ५०८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।