Media Network

पछिल्लो २४ घन्टामा एक हजार एक २८ जनामा संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता

२८ माघ २०७८,शुक्रबार

काठमाडौं।  स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २०  हजार नाै सय ८९ वटा नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सत्र  हजार चार सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ६ सय ६६ जनामा र तीन हजार पाँच सय ४२  जनामा एन्टिजेन परीक्षण गर्दा चार सय ६२ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार चार सय ४१ रहेको छ ।  पछिल्लो २४ घन्टा दुई हजार २१५ डिस्चार्ज भएका छन् भने मृत्यु हुनेकाे संख्या १४ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद