Media Network

पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता

२५ माघ २०७८,मंगलवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७  जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४  जना र  चार

हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ ।पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद