Media Network

प्राकृतिक चिकित्सा दिवस मनाइँदै


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं । आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसको यस वर्षका लागि नारा ‘कोभिडपछिको समस्या, प्राकृतिक चिकित्सा’ रहेको छ । योग तथा प्राकृतिक चिकित्सा संघ नेपाल, तथा प्राकृतिक चिकित्सालयहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् । हरेक वर्ष असार २० गते याे दिवस मनाइँदै अाएकाे छ । 

दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले योग, प्राकृतिक चिकित्सा तथा प्राकृतिक जीवनशैलीले रोग प्रतिरोधात्मक क्षमतामा बढाउन र अन्य रोगहरुको जोखिमबाट पनि बचाउने भएकाले पोष्ट कोभिडको उपचारका लागि प्राकृतिक चिकित्साको महत्वपूर्ण भूमिका रहेको जनाएको छ । 

नेपालमा प्राकृतिक चिकित्सालाई सरकारले वि.सं. २०५९ सालदेखि राष्ट्रिय उपचार पद्दतिको मान्यता दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद