Media Network

पत्रकार स्थापना दिवसमा पत्रकारको स्वास्थ्य परीक्षण


प्रेम कडेल

१६ चैत्र २०७८,बुधबार

चितवन । नेपाल पत्रकार महासंघको ६७ ओेैं स्थापना दिवसको अवसरमा चितवन शाखाले जिल्लाका क्रियाशील पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । भरतपुर अस्पतालको वार्षिकोत्सव तथा पत्रकार महासंघको स्थापना दिवसको  संयुुक्त अवसरमा संयुक्त कार्यक्रम गरिएको थियो ।

भरतपुर अस्पतालको प्राविधिक सहयोग एवम् नेपाल ओैषधि व्यवसायी संघ समेतको सहयोगमा कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बताए । 

कार्यक्रममा गत चैत १४ गते १६६ जना पत्रकारहरुको रक्त नमूना संकलन गरि रिपोर्टसहित आवश्यक चिकित्साकीय परामर्श र ओैषधि निःशुल्करुपमा वितरण गरिएको पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीले जानकारी दिए । 

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्थोपेडिक सर्जन प्रा. डा. कृष्णप्रसाद पौडेल, नेपाल ओैषधि व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वरकुमार भण्डारी, अस्पतालका प्रवक्ता फिजिसियन डा. गोविन्द कडेल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका अध्यक्ष सुवास पण्डित, क्रान्तिकारी पत्रकार महासंघका प्रेम कडेल, मिडिया नेपालकी समिक्षा पुरी, समाजवादी प्रेस युनियनका टिकादत्त तिमिल्सिना लगायतको उपस्थिति रहेको थियोे । 

कार्यक्रममा अस्पतालका अधिकारीले चितवनलाई मेडिकल सिटीको उपमा दिएसँगै त्यसअनुसारको पूर्वाधार र मेडिकल अध्ययन अनुसन्धानसमेतक‍ो वातावरण राज्यले तयार गर्नुपर्नेमा जोड दिए । 

अस्तपतालका मेडिकल सुपरिटेन्डेन्ट पौडेलले भरतपुर अस्पतालमा बिमाका बिरामीको चाप अत्यन्तै बढेकोमा ध्यानाकर्षण गराएका थिए । स्वास्थ्य परिक्षण कार्यक्रमका संयोजक विप्लव काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार  महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद