Media Network

सर्वसाधारणको पहुँचमा नर्भिक अस्पताल


खबरस्टोरी संवाददाता

२४ माघ २०७८,सोमबार

काठमाडौँ। अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्‍याएको छ। विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको हो। 

आजभन्दा २८ वर्षअघि जम्मा २५ श्ययामा करीब ५० चिकित्सक र कर्मचारीबाट सेवा शुरु गरेको नर्भिक अहिले १५० श्ययामा विस्तार हुनाका साथै चिकित्सक र कर्मचारी गरी ९०० भन्दा बढीले सेवा दिइरहेको छ । नर्भिकले आफ्नो सेवा तथा सुविधामा गरेको उच्च विस्तारले साधारण र संवेदनशील उपचारका लागि विदेश धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरिदिएको छ । अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिले नै नर्भिकमाथिको विश्वास बढेको देख्न सकिन्छ । 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुामार मिश्रले नर्भिकले अन्य अस्पतालजस्तै सर्वसाधारणको पहुँच र क्षमताले भ्याउने गरी सेवा दिइरहेको  बताएका छन् । सरकारी अस्पतालको तुलनामा निजी अस्पताल महँगो हुनु स्वभाविक कै भएपनि अन्यभन्दा नर्भिक महँगो नभएको दावी समेत उनले गरेका छन् ।

नर्भिकले आर्थिक रुपमा विपन्न तथा सम्पन्न दुबैलाई लक्षित गरि हप्ताको एक दिन निःशुल्क क्लिनिक चलाउने उदेश्यका साथ शनिबार निःशुल्क क्लिनिक चलाउँदै आएको छ।  त्यस्तै अस्पताल काठमाडौं महानगरको वडा नम्बर १० मा अवस्थित भएकाले यहाँका वडाबासीलाई १० प्रतिशत छुटमा सेवा प्रदान गर्दै आएको छ। ७५ वर्ष कटेका जेष्ठ नागरिकलाई  पनि सबै सेवामा १० प्रतिशत छुट अस्पतालले दिएको छ । हाल नर्भिकले क्यान्सर, अर्थो, न्यूरो, पीसीआर सबै प्रकारका सेवा दिँदै आएको छ भने  सेवा विस्तरमा पनि अध्ययन गरिरहेको छ ।

नर्भिकले भर्खरै आइबीएस सेन्टर पनि सुरु गरेका छ जसले निसन्तान दम्पतीलाई सेवा प्रधान गर्दै आइरहेको छ । अस्पतालले कस्मेटिक सेवा पनि सुरु गर्ने योजना तयार पारेको छ । 

२८ वर्ष अघि ठूलो क्षमताको निजी क्षेत्रबाट पहिलो पटक यो अस्पताल खुलेको हो । नर्भिकले चाँडै नै थापाथलीमा २ सय बेडको अस्पतालको बेडेलाई विस्तार गरेर ३ सय बनाउँदै छ भने काठमाडौं उपत्यका बाहिर १/१ सय बेडका दुई वटा अस्पताल खोल्ने तयारी समेत गरेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद