Media Network

स्वास्थ्य जाँचका लागि उपराष्ट्रपति पुन नर्भिकमा


खबरस्टोरी संवाददाता

१० असार २०७९,शुक्रबार

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल आएका छन् । दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल आएको हष्पिटलले जानकारी दिएको छ । 

अस्पताल आएर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए । सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए । उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए । 

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद