Media Network

स्वास्थ्यमा बजेट : १ खर्ब ३ अर्व १८ करोड रुपैयाँ विनियोजन


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौ । सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्यमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।

 अर्थ मन्त्री जनार्दन शर्माले आज संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा आर्थिक वर्ष २०७९÷८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको बताए ।उनले स्वास्थ्यको कुल बजेट मध्ये संघमा अर्थात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६९ अर्व ३८ करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।

यस्तै प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहका लागि २७ अर्ब ४४ करोड बजेट छुट्याइएको बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद