Media Network

तिहारमा उपत्यकाबाट बाहिरिने यात्रुलाई काठमाडौंका चार स्थानबाट खोप दिइने


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०७८,मंगलवार

काठमाडौं । सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम  गरेको छ ।  

कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो ।  यि चार स्थानमा आज बिहानदेखिनै खोप कार्यक्रम सुरु गरिएको छ ।

दुईदिनसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ । खोप निशुल्क लगाइने छ ।  स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुईदिनमा नसकिए यो कार्यक्रम थप गर्न सकिने जानकारी दिए । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद