सरकारले बिमा सेवा दिएबापत भुक्तानी नदिएको भन्दै टिचिङ हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो ।
बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्नु परेको अस्पतालले शुक्रबार सूचनामार्फत जनाएको छ ।
असार १५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले बताए ।