त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य बीमा कार्यक्रम स्थगित


खबरस्टोरी संवाददाता
४ असार २०७९, शनिबार
त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य बीमा कार्यक्रम स्थगित
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नै स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ ।

सरकारले बिमा सेवा दिएबापत भुक्तानी नदिएको भन्दै टिचिङ हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो । 

बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्नु परेको अस्पतालले शुक्रबार सूचनामार्फत जनाएको छ । 

असार १५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले बताए ।