थाइराइडका बिरामीहरुलाई अल्का अस्पतालमा छुट, टिएफटी परीक्षण निःशुल्क


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
थाइराइडका बिरामीहरुलाई अल्का अस्पतालमा छुट, टिएफटी परीक्षण निःशुल्क
ललितपुर। थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा लिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । 

अल्का अस्पताललको प्राङगणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीले सेवा लिन सक्ने अस्पतालले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई  गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पताला प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । 

शिविरमा आएका बिरामीहरुले एक महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए । शिविर गर्नुअघि थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले जनचेतनामुलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुदैँ पुन जावलाखेल आएर सकिएको थियो । 

र्यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपाङता भएका ब्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरेका थिए ।