Media Network

थप ३२ जना कोरोना संक्रमित थपिए


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा ३२ संख्यामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१७ छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा ९३ हजार ५४६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको जनाएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद