थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता
१८ बैशाख २०७९, आईतवार
थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने सो अवधिमा संक्रमणबाट कसैको मृत्‍यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै आइतबार २७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ५०८ पीसीआर तथा ७१४ एन्टिजेन परीक्षण भएको छ।