थप १७ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
थप १७ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी  १ हजार ९१५ जनाको नमुना परीक्षण गर्दा थप १७ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन्।