Media Network

थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

६ पुष २०७८,मंगलवार

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७७ पुगेको छ। मंगलबार २३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार २४२ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा १२ हजार ४७३ पीसीआर तथा ४ हजार ६१६ एन्टिजेन परीक्षण भएको छ। त्यस्तै थपिएका संक्रमितमा काठमाडौँ उपत्यकामा मात्र १४६ जना छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद