थप १३ जनामा कोरोना पुष्टि, १७ जना संक्रमण मुक्त


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
थप १३ जनामा कोरोना पुष्टि, १७ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 देशभर पीसीआर तथा एन्टीजेन गरी कूल ३ हजार ६३४ जनामा कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल १८५ जना सक्रिय संक्रमित रहेको र हालसम्म नेपलामा कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।