Media Network

थप १३ जनामा कोरोना संक्रमण


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ५ सय ७९ पीसीआर परीक्षणमा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणमा  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 यो सहित नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय ३७ पुगेको छ। त्यस्तै हाल नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।    

Share:
Reaction :
ताजा समाचार
खेलकुद