Media Network

थप १७ जनामा कोरोना संक्रमण, २१ जना संक्रमण मुक्त


खबरस्टोरी संवाददाता

२५ बैशाख २०७९,आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 देशभर पीसीआर तथा एन्टीजेन गरी कूल ४ हजार १० जनामा कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप २१ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल २०१ जना सक्रिय संक्रमित रहेको र हालसम्म नेपलामा कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद