Media Network

थप २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ नमूना परीक्षणमध्ये २३८ पीसीआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५४३ पुगेको छ । मन्त्रालयका अनुसार थप ३५७ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । हाल मुलुकभर ६ हजार ३८६ सक्रिय संक्रमित छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद