काठमाडौँ । नेपालमा विहीबार थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको अध्यावधिक विवरणमा उल्लेख छ ।