थप ४१ जनामा कोरोना संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ। पछिल्लो २४ घण्टाको अवधिमा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर तथा  १ हजार २१ एन्टिजेन परीक्षण गर्दा ४१  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै सोमबार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्।