थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, २५१ जना संक्रमण मुक्त


खबरस्टोरी संवाददाता
२५ फाल्गुन २०७८, बुधबार
थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, २५१ जना संक्रमण मुक्त

काठमाडौं।  पछिल्लो २४ घन्टामा देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थप २५१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सोही अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमित ५ हजार ६ सय ९२ जना रहेका छन् ।