Media Network

थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य


खबरस्टोरी संवाददाता

२ चैत्र २०७८,बुधबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन्।    त्यस्तै  हाल देशभर ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद