Media Network

थप १६७ मा कोरोना सङ्क्रमण, एक को मृत्यु


खबरस्टोरी संवाददाता

१० पुष २०७८,शनिबार

काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप १६७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

यस अवधिमा ६ हजार ४४७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १२५ पुगेको छ । पछिल्लो समय थप २२६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।

कोरोनाबाट एकको मृत्युः 

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । 

त्यसैगरी, पछिल्लो समय २ लाख ५५ हजार ४५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९७९ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद