Media Network

थप ३ सय ८८ जनामा काेराेना पुष्टि, ४ को मृत्यु


खबरस्टोरी संवाददाता

९ फाल्गुन २०७८,सोमबार

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

यही अवधिमा थप चार जना कोरोना सङ्क्रमितकाे ज्यान गएको छ। यससंगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २५ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय पाँच जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५२ हजार पाँच सय ९९ जना पुगेको छ । अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद