दुर्गा प्रसाईँको सिटी स्क्यान उदघाटन गर्न दुबईका राजकुमार झापामा


खबरस्टोरी संवाददाता
४ असार २०७९, शनिबार
दुर्गा प्रसाईँको सिटी स्क्यान उदघाटन गर्न दुबईका राजकुमार झापामा
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा उद्योग विभाग उप–प्रमुख रहेका मेडिकल उद्यमी दुर्गा प्रसाईँको सिटी स्क्यान मेशिनको उदघाटन गर्न दुबईका राजकुमार नेपाल आएका छन् । 

पूर्वाञ्चल क्यान्सर अस्पतालले ल्याएको रु ३६ करोड बराबरको नेपालकै पहिलो पेटको सिटि स्क्यान मेशिन राजकुमार सेखले उदघाटन गर्ने कार्यक्रम रहको प्रसाईले बताए  ।

बी एण्ड सी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँको निमन्त्रणामा दुबईका राजकुमार सेख रसिद अल मक्तुम नेपाल आएका हुन् । शुक्रबार नै नेपाल आइपुगेका राजकुमार शनिवार झापा पुग्दैछन् । 

चन्द्रगढी विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रसाईँले दुबई राजकुमारको भ्रमणबारे जानकारी दिएका हुन् । राजकुमार सेख शनिवार र आइतबार झापा भ्रमणमा रहने कार्यक्रम रहेको प्रसाईँले जानकारी दिए ।