देशभर १३ कोरोना संक्रमित थपिए, २५ जना संक्रमणमुक्त


खबरस्टोरी संवाददाता
१२ बैशाख २०७९, सोमबार
देशभर १३ कोरोना संक्रमित थपिए, २५ जना संक्रमणमुक्त
काठमाडौं।  पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमित संख्या २ सय ६९ रहेको छ ।  पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । सोही अवधिमा ४८ हजार ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।