Media Network

देशभरका पत्रकारको उपचार निःशुल्क गराउने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७८,बुधबार

काठमाडौं । सरकारले देशभरका पत्रकारहरुको उपचार निःशुल्क गर्ने भएको छ ।  समयमै उपचार नपाएर पत्रकार एलबी विश्वकर्माको केही समयअघि निधन भएको थियो । आर्थिक अभावमा पत्रकारले ज्यान गुमाउनु परेको भन्दै पत्रकार सम्बद्ध संस्थाहरुले पत्रकारको निःशुल्क उपचारको माग सरकारसँग गर्दै आएका थिए । 

बुधबार मात्रै स्वास्थ्यमन्त्रीसँगको भेटमा देशैभरका पत्रकारको निःशुल्क उपचार गराउने स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रतिवद्धता जनाएको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले बताए । 

पत्रकार एलवी विश्वकर्माको सिभिल हस्पिटलको लापरवाहीबाट मृत्यु भएपछि त्यसको छानविनसहित दोषीलाई कारवाहीसँगै पत्रकारको निशुल्क उपचारका लागि संघले धर्नासहित निरन्तर दवाव दिंदै आएको थियो । 

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा मन्त्री खतिवडाले देशभरका हस्पिटलमा पत्रकारको उपचार निःशुल्क गर्ने सरकारको यसअघिको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको जैसीले बताए । 

साथै मृतक पत्रकार एलवी विश्वकर्मालाई न्यायका लागि मेडिकल काउन्सिलले डा. हरिहर अवस्थीको नेतृत्वमा गठित छानविन समितिको छानविन प्रक्रिया छिटो टुङ्गोमा पुरयाई दोषीलाई कारवाही र मृतकलाई उचित क्षतिपूर्ति दिलाउन स्वास्थ्यमन्त्री खतिवडाले भूमिका खेल्ने  र पत्रकारहरुको निशुल्क उपचार गर्ने घोषणा तत्काल कार्यान्वयन हुनेमा विश्वस्त रहेको जैसीले बताए । 

संघले श्रमजीवी पत्रकारको मुद्दामा आवाज उठाउँदै आएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद