Media Network

उपत्यकामा हैजा : जारको खानेपानी कति सुरक्षित ?


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौं । काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकापमा हैजा देखिएको छ । उपत्यकामा हैजा फैलिनुको प्रमुख कारण खानेपानी भएको जनस्वास्थ्यविद्को भनाइ रहेको छ । 

काठमाडौं उपत्यकामा जार र बोतलको पानी शत प्रतिशत शुद्ध मानेर ढुक्कसँग पिउने गरिन्छ । तर एक–दुइ कम्पनीले उत्पादन गरेका जार र बोतलका पानी मात्र पिउन योग्य छन् । ती बाहेक धारामा आउने, टयाङ्करमा आउने,सिलबन्दी गरेर बिक्री वितरणका लागी ल्याइएका जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था नरहेको विभिन्न अध्यनले पुष्टि गरेका छन् । 

यसो भएता पनि उपत्यकावासीले प्रशोधित र शुद्ध ठानेर पिउने पानी ८२ प्रतिशत पानी प्रदुषित र हानीकारक भएको विभिन्न अध्ययनले देखाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद