काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।
योसँगै उपत्यकामा बिरामीको संख्या १९ जना पुगेका छन् । उनले ती दुवै बालकलाई स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए ।