Media Network

उपत्यकामा थपिए १६४ कोरोना संक्रमित


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप  १६४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै, काठमाडौंमा १३७, भक्तपुरमा चार र  ललितपुरमा २३ जना संक्रमित थपिएका हुन् । 

आज देशभर रहेका एकहजार १७१ जना सक्रिय संक्रमितमध्ये एकहजार १४८ जना होम आइसोलेसनमा र २३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये १४ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद