Media Network

१८ वर्षभन्दा कम उमेरकालाई दिन मिल्ने फाइजर खोप सोमबार नेपाल आइपुग्ने


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७८,शुक्रबार

काठमाडौं।  गाभीले उपलब्ध गराउने भनेको  कोरोना विरुद्धको फाइजर खोप साेमबार नेपाल आइपुग्ने भएको छ। १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोरकिशोरीलाई दिन मिल्ने उक्त खोपको १ लाखभन्दा बढी डोज नेपाल ल्याउन लागिएको हो ।

तर उक्त खोप कुन समूहलाई दिने भन्ने विषयमाथि भने छलफल भइरहेको बताइएको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप भण्डारणका लागि युनिसेफले १०० लिटर  क्षमताको ४ वटा फ्रिज  उपलब्ध गराइसकेको छ।

फाइजरको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ३ गतेसम्म चल्ने स्वास्थ्य सेवा विभाग खोप महाशाखाले जनाइएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद