उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ । यो सँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ ।
डा.यादव देशकै चर्चित अर्थोपेडिक सर्जन मध्येका एक हुन् । खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ ।