Media Network

योग तथा प्राकृतिक चिकित्सक संघको १२ औं साधारणसभा सम्पन्न


खबरस्टोरी संवाददाता

७ फाल्गुन २०७८,शनिबार

काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सक संघले आफ्नो १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका केन्द्रीय अध्यक्ष डा. जनक बस्नेतको अध्यक्षतामा केन्द्रीय कार्यालय बाँसबारीमा साधारणसभा सम्पन्न भएको थियो ।

साधारणसभामा संस्थाका महासचिव डा. रवीनलाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए,भने संस्थाका कोषाध्यक्ष डा. पुकार लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका पदाधिकारी, सदस्यहरू र योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका चिकित्सकहरुको उपस्थिति रहेको कार्यक्रममा योग र प्राकृतिक चिकित्साको भविष्य र आवश्यकता बारे डा. हेमराज कोइरालाले आफ्नो मन्तव्य व्यक्क्त गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद