Media Network

आफ्नै कार्यकक्षमा गोली हानेर डोमिनिक मन्त्रीको हत्या


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्री ओलान्डो जोर्ग मिरा आफ्नै कार्यकक्षमा मारिएका छन् । 

ओलाण्डोको आफ्नै कार्यलयभित्र उनकै निकट साथीले गोली हानेर हत्या गरेको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो आफ्नै कक्षको बैठकमा सहभागी थिए ।

उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आक्रमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणकारीलाई जेल चलान गरिएको छ । 

ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाइदेखि सेवा गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद