आईसीयुमा रहेका लालुप्रसाद यादवलाई भेट्न अस्पताल पुगे नितिशकुमार


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
आईसीयुमा रहेका लालुप्रसाद यादवलाई भेट्न अस्पताल पुगे नितिशकुमार
भारतको राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव तीन दिनदेखि आईसीयुमा भर्ना छन् । तीन दिनसम्म उनको स्वास्थ्य अवस्था सुधार हुन सकेको छैन् ।

उनलाई विहारको राजधानी पटनाको पारस अस्पतालमा भर्ना रहेका यादवको अवस्था स्थिर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा आसिफ रहमानले बताए । यसअघि विहारका मुख्यमन्त्री नितिश कुमार र लालुप्रसाद यादवका छोराहरु तेजस्वी–तेजप्रताप पारस अस्पताल पुगेका थिए ।