Media Network

आज विश्वकै चर्चित खेलाडी मेस्सीको जन्मदिन


खबरस्टोरी संवाददाता

१० असार २०७९,शुक्रबार

एजेन्सी । विश्वकै चर्चित र उत्कृष्ट अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेस्सीको आज ३५ औं जन्मदिन रहेको छ। उनि आज बाट ३५ वर्षको भएका छन्।

सन् १९८७ जुन २४ का दिन जन्मिएका मेस्सीले आज परिवार र सहकर्मीसँग जन्मदिन मनाइरहँदा विश्वभरबाट उनका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्।

मेस्सी अहिले आफ्नो जीवनको अन्तिम विश्वकपको लागि तयार रहेका छन्। यसैवर्ष कतारमा हुने विश्वकमा उनको टोलीले विश्वकप जित्ने प्रयास गर्नेछन्।

७ पटकका बालुन डि’ओर विजेता मेस्सीले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। १० पटक लालिगा जित्न सफल उनले ७ पटक कोपा डेलरे पनि हात पारेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद