Media Network

रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई अमेरिकाले दियो सैन्य सहयोग


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

एजेन्सी। अमेरिकाले युक्रेनलाई ३५ करोड डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न साे रकम बराबरको सैन्य सहायता स्वीकृत गरेका हुन् ।

विदेश सहायता ऐनमार्फत विनियोजन गरिएको ३५ करोड डलर युक्रेनको सुरक्षाका लागि छुट्टयाउन राष्ट्रपति बाइडेनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई निर्देशन दिएका छन् ।

यसैबीच, युक्रेनी सैनिकहरूले राजधानीमा रुसी हमलाको प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासमक्ष कुनै हालतमा नझुक्ने समेत बताएका छन् ।  

रुसले सैन्य अखडामा मात्र निशाना बनाएको दाबी गरेपछि युद्धमा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको प्राप्त विवरणहरुमा जनाइएको छ । त्यस्तै रुसी हमलाका कारण हाल १ लाख २० हजार युक्रेनी विस्थापित भएको राष्ट्रसंघले जनाएको छ । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद