Media Network

‍आधा घटाइयाे आङ साङ सुकीकाे जेल सजाय


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

काठमाडौं। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाउने निर्णय गरिएको छ। सेनाले सुकीलाई तोकिएको चार वर्षको सजायमा आधा घटाउने  निर्णय गरेको हो।  म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। 

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी अदालतले चार वर्षको जेल सजाय सुनाएको थियो। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई सजाया सुनाएको हो। सुकीलाई दुई फरक फरक आरोपमा समान दुई-दुई वर्षको जेल सजाय सुनाएको थियो।

सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोप लगाइएको छ। समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई सो आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको जनाएका छन्। सुकीलाई गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत अन्य थुप्रै आरोप लगाएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद