Media Network

अचानक केबुलकार बन्द हुँदा डोरीबाटै झुन्डिएर झरे पर्यटक


खबरस्टोरी संवाददाता

७ असार २०७९,मंगलवार

एजेन्सी। भारतको एक पहाडमाथि चल्ने केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । पर्यटक बाेकेकाे केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो । 

उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको देख्न सकिन्छ । 

तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन सकेनन् ।

मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह एक घण्टाभन्दा बढी समयसम्म फसेको थियो । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबल कार प्रयोग गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद