Media Network

अफगानिस्तानमा भूकम्पमा परेर २ सय ५० जनाको मृत्यु


खबरस्टोरी संवाददाता

८ असार २०७९,बुधबार

एजेन्सी। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भुकम्प गएको छ। उक्त भुकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ भने कयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ ।  यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले बताएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद