Media Network

अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ । उक्त स्थानमा एक सामुदायिक संस्थाले आफैं विवाह गर्न खर्च नभएकाहरुका लागि सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो।

एक स्थानीय अधिकारीका अनुसार सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको समूहिक विवाह समारोह आयोजना गरेको हो। आर्थिक समस्याका कारणले आफैँ विवाह समारोह आयोजना गर्न नसक्ने जोडीका लागि विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरुले बताएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद