Media Network

अफगानिस्तानमा प्रमुख कमाण्डरसहित आठ लडाकु मारिए


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

एजेन्सी ।  अफगानिस्तानमा एक जना प्रमुख लडाकु सहित आठ जना विद्रोहहरु मारिएका छन् । अफगानिस्तानको शासन चलाइरहेको तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले तखार प्रान्तमा विद्रोहीका एक जना वरिष्ट कमाण्डर सहित आठ लडाकुको मृत्यु भएको पुष्टि गरेका हुन् ।

‘तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ स्थित गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ नष्ट गरिएको छ ।’ मुजाहिदले ट्वीट गरेका छन् ।

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद