यससँगै अब महिलालाई गर्भपतनको अधिकार दिने वा नदिने भन्ने विषयमा सम्बन्धित राज्यले आ–आफ्नो फरक फरक नियम बनाउन सक्नेछन्। फैसलाको विरोधमा नागरिकहरु प्रदर्शनमा समेत उत्रिएका छन् ।
जानकारहरुले अदालतको यो फैसलाले अमेरिकामा गर्भपतनको अधिकार परिवर्तन हुन सक्ने बताएका छन्। यो फैसलासँगै अब अमेरिकाका धेरै राज्यमा गर्भपतनमा रोक लगाउने कानुन आउन सक्ने बीबीसीले उल्लेख गरेको छ। अमेरिकाका १३ राज्यले यसअघि नै गर्भपतनलाई गैरकानुनी घोषणा गरिसकेका छन्। यो कानुन सर्वोच्च अदालतको फैसलापछि लागू हुनेछ। अन्य राज्यहरुले पनि छिटै नै यस किसिमको कानुन ल्याउन सक्ने अनुमान गरिएको छ।
यद्यपि महिला अधिकारकर्मीहरुले भने गर्भपतनलाई कानुनी अधिकार दिइनुपर्ने बताउँदै आएका छन्।सर्वोच्च अदालतले सुनाएको यो फैसला अदालतको पुरानो फैसलाको विपरीत हो।