Media Network

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ ।

उनिहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ । प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । 

सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनिहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् । 

 वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उनले जानकारी दिएको सो समाचार समितिले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद