Media Network

अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले


खबरस्टोरी संवाददाता

२१ माघ २०७८,शुक्रबार

दमास्कस । उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट ९आईएस० समूहका एक वरिष्ठ उपप्रमुखले आत्मघाती बिस्फोट गराएर आफ्नो ज्यान लिएका छन् । 

सेनाको कारबाहीबाट जोगिन नसकिने सोचेर आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले एउटा आत्मघाती बिस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीले दाबी गरेका हुन् ।

भिषण गोलाबारीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा तीन तले घरको चारैतिरबाट घेरा हालेका थिए । लगत्तै उनले आत्मघाती बिस्फोट गराएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद