एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो । आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानकारी गराएको छ ।